काठमाडौं/ झापा, मेची नगरपालिका-५ घोडाधिनमा मे.११ प ५७६५ नम्बरको मोटरसाइकलको
ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया देविमाया विकको शनिबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु
Advertisement
3
भएको हो । साथै दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
गोरखा, सिरानचोक गाउँपालिका-७ भालुश्वाँरामा बा.९१ प ४५८ नम्बरको मोटरसाइकल
अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ नयाँसाघु
बस्ने २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको
प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









