
बर्दिया, बर्दियाको ८ पालिकामा ज्ञापन पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टी बर्दियाले आइतबार जिल्लाका ८ वटै पालिकामा ज्ञापनपत्र बुझाएको पार्टीका जिल्ला अध्यक्ष सोमाई थारुले बताए । बिभिन्न १० बुदें माग राख्दै सबै जिल्लाका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाएको उनले जनाए ।
गुलारिया नगरपालिकामा पार्टीका नगर कमिटी संयोजक काशीराम चौधरीको नेतृत्वमा मेयर मुक्तिनाथ यादवलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुभ्mदै मेयर यादवले पार्टीले उठाएको माग पुरा गर्ने बताए । यस्तै बढैयाताल गाउँपालिकामा पार्टीका गाउँ कमिटी संयोजक लल्लुराम थारुको संयोजकत्वमा ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीलाई ज्ञापनपत्र बुझाइएको पालिका कमिटी सचिव हरि प्रसाद चौधरीले बताए । यस्तै बाँसगढी नगरपालिकामा पार्टीका पालिका कमिटी संयोजक मुकेश थारुको संयोजकत्वमा मेयर खड्क बहादुर खड्कालाई ज्ञापन पत्र बुझाइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका गुलारिया नगर कमिटीका संयोजक कासीराम चौधरीले भने, हामीले राखेको उद्देश्य सकार हुन स्थानीय तहबाट हुने काम, कारवाही र सेवाप्रवाह प्रभावकारी पारदर्शी हुन आवश्यक छ । तर पछिल्लो समय स्थानीय सरकार र सर्वसाधरण नागरिक बिचको दुरी बढ्दो छ । समयमै बिकासका काम सम्पन्न हुनसकेका छैनन् । ढिलासुस्ती कामले नागरिक समस्यामा छन् । यि यावत समस्याहरुको सम्बोधन गर्न माग गर्दै १० बुदें माग सहितको ज्ञापनपत्र बुझाइएको उनले बताए ।
पार्टीका मुख्य मागहरुमा, पालिकाको बिकास बजेट समयमै खर्च गरी असारे बिकास खर्च गर्ने पद्दत अन्त गरि पछाडि परेको गाउँ टोललाई प्रथामिकतामा राखेर बजेट बिनियोजन गर्न पार्टीको पहिलो माग छ ।
यस्तै पार्टीले बिकासका काममा नागरिकको अपनत्वबोध गराउन उनीहरुको प्रत्यक्ष संलग्नतामा बिकासका काम अगाडी बढाउन माग गरेको छ । भौतिक पुर्बधार संगसंगै मानवीय, सामाजिक र संस्कृति बिकासमा लागानी गर्न माग गर्दै पालिका, वडामा सेवा लिन जाने सेवाग्राहीहरुलाई बस्न र पिउने पानीको व्यवस्था सहित झन्झट रहीत सेवा प्रवाहको व्यवस्था गर्न माग समेत अगाडी सारेको छ ।
पालिकामा रहेका भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासी मुक्त कमैयाहरुले जोतभोग गरेको जग्गाको निस्सा तत्काल बितरण गर्न माग समेत पार्टीले उठाएको छ । थारु समुदायको पराम्परागत चलनको रुपमा रहेको बरघर प्रणालीलाई मान्याता दिन बरघर ऐन निर्माण तथा ऐन पूर्णरुपमा कार्यान्वयन गर्न माग गरेको छ । प्राथमिक तहमा मातृ भाषामा पढाईको व्यवस्था मिलाउन र युवाहरुलाई स्वादेशमै रोजगारी दिन सिपमुलक तालिमको व्यवस्था मिलाउन माग पानि पार्टीले राखेको छ ।
यसका साथै समाजमा हुने बालविवाह, बहुबिवाह मानव बेचबिखन, लागु औषध दुरव्यसन, महिला माथि हुने हिंसा न्युनिकरणका लागि सशक्त कदम चाल्न माग अगाडी सारेको छ ।
पालिकाबाट योजना छनौट गर्दा योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्तीकै नागरिकबाट छनोट गर्न तथा किसानहरुका लागि गुणस्तरिय मल बीउ समयमै उपलब्ध गराउन माग गर्दै जिल्लाका सबै पालिकाम ज्ञापन पत्र बुझाएको पार्टीले जनाएको छ । ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रिय सदस्य, प्रदेश कमिति सदस्य, जिल्ला सदस्या, पालिका कमिति सदस्य लगायत् नेता कार्यकर्ताहरुको सहभागितामा ज्ञापन पत्र बुझाइएको छ ।
बर्दियाका ८ पालिकामा नागरिक उन्मुक्ति पार्टिको ज्ञापन पत्र









