सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 

काठमाडौं / महोत्तरी, पिपरा गाउँपालिका-१ ढेकाहा बजारस्थित सडकमा मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई बीआर ०६ पिडी ३३३० नम्बरको टाटासुमोले ठक्कर दिई भाग्ने
क्रममा साईकलयात्रीलाई समेत ठक्कर दिँदा साईकलयात्री धनुषा क्षरेश्वर नगरपालिका-१
रमदैया बस्ने ६० वर्षीय राज किशोर यादव र ट्याक्टरमा सवार पिपरा गाउँपालिका-५
सहोडवा बस्ने ६० वर्षीय अकवर राईनको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु
भएको हो ।

Advertisement

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा
उपचार भइरहेको छ । हाल फरार ट्याक्टर र सुमो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनकुटा, पाख्रीबास नगरपालिका-१० चुङबाङस्थित सडकमा को.२ च १६१९
नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर आइतबार दिउँसो
दुर्घटना हुँदा पिकअपमा सवार सोही नगरपालिका-१० बस्ने ९ वर्षीया संस्कृति राईको मृत्यु
भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल धनकुटामा उपचारको
क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार १६ जनामध्ये १३
जनाको नोबेल अस्पताल विराटनगर मोरङ र ३ जनाको न्यूरो अस्पताल विराटनगरमा
उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु