
दलबहादुर सुनार , २१ फागुन बढैयाताल गाउँपालिका वडा नम्बर ८मा टोल विकास संस्थाको नेतृत्व तथा क्षमता विकास तालिम सम्बन्धी तालिम संचालन गरिएको छ ।
बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा १८वटा टोल विकास संस्थाका पदाधिकारीहरुको लागि नेतृत्व तथा क्षमता विकास सम्बन्धीको दुई दिने तालिम संचालन गरिएको हो ।
वडा कार्यालय र टोल विकास संस्था विचको सम्बन्ध लाई प्रभाबकारी बनाई वडाको योजना तथा निर्णय कार्यान्वन गर्नका लागि संस्थाका पदाधिकारीको नेतृत्व तथा क्षमता बिकास गर्ने उद्देश्यले आयोजित तालिममा सहकर्मी समाजका राजाराम गुप्ता र घनश्याम आचार्यले प्रशिक्षण गर्नु भएको थियो ।
तालिममा नेतृत्व सिप विकास, वडाको विकास सम्बन्धीको योजनाका लागि टोल विकास समितिको भुमिका , टोल विकास समितिको संस्थागत क्षमता अभिबृद्धि , श्रोत साधनको पहिचान , योजना निमार्णका प्रकृया, टोल विकास समितिको काम , कर्तब्य , अधिकार , बैठकमा माइन्यूट लेखन बिधि लगाएतका बारेमा प्रशिक्षकले सहजिकरण गर्नुभएको वडा कार्यालयले जनाएको छ ।
आईतवार देखि सोमबार सम्म सञ्चालन भएको तालिमको समापन कार्यक्रमकी प्रमुख अतिथि एवं बढैयाताल गाउँपालिकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बढैयाताल गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले राम्रोकामको शुरुवात गरेका भन्दै टोलले योजना बनाउदा आवश्यक्ता पहिचान र प्राथमिकिरण गर्दा ध्यान दिनु पर्ने बताउनु भयो । टोल विकास संस्था अव बढैयातालको सबै वडाहरुमा बिस्तार गर्ने उपाध्यक्ष अधिकारीले बताउनु भयो ।
बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबदीले वडाका धेरै अधिकारहरु टोल विकास समितिमा रहेको र सुशासनको लागि पनि टोल विकास संस्था अपरिहार्य भएको बताउनु भयो । टोल विकास संस्था गठन भएमा वडाका हरेक योजना र विकास बजेटको वारेमा सबैलाई थाहा हुने र गठन नभए थाहा नहुने भन्दै टोल विकास सबै वडामा गठन हुनु पर्ने उहाले बताउनु भयो । टोल विकास संस्था लाई उत्पादन र ब्यबसायमा जोड्न सकेमा धेरै प्रभाबकारी हुने भन्दै शिप विकास आयआर्जन सम्बन्धीका योजना प्राथमिकतामा राख्न सुझाब दिदै प्रमुख सुबेदीले भन्नु भयो भौतिक विकास र मानब विकासको काममा अपन्वत्व र संरक्षणमा टोल विकासको भुमिका हुनु पर्ने भन्दै श्रोतमाथिको कब्जाको स्वार्थमा टोल विकास संस्था गठन हुन नसकेको प्रुखम प्रशासकिय अधिृत सुबेदीले बताउनु भयो ।
बढैयाताल गाउँपालिका ८ नंम्बर वडाका अध्यक्ष तथा समापन कार्यक्रमका अध्यक्ष तेजनाथ पौडेलले वडाका निर्णहरु लागु गर्न टोल विकास संस्थाको भुमिका महत्वपूर्ण हुने भन्दै बनेका नीतिगत ब्यबस्था लाई ईमान्दारीता र पारदर्शिताका साथ काम गर्ने हो भने धेरैकाम गर्न सकिने र विकासमा फट्को मार्न सकिने बताउनु भयो । प्रत्येक टोलका एक घरले ५ दिन श्रमदान गर्नुपर्ने वडाको योजना भएकोले कार्यान्वनमा टोलविकासले सहजिकरण गर्नु आग्रह गर्नु भयो । वडा लाई समृद्ध , विकास, र नमुना बनाउनको लागि सबैको साथ , सहयोग र भुमिका हुनु पर्नेमा अध्यक्ष पौडेलले जोड दिनु भयो ।
तालिमका सहभागि कृष्ण प्रसाद गौतम , अर्जुन थापा , लिला भुजेल , गोविन्द भट्टराईले , जानकी घिमिरेले आफ्नो धारणा राख्दै तालिम वाट ब्यबहारीक ज्ञान शिप प्राप्त भएको र टोल विकास संस्था लाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि योजना निमार्ण , श्रोत साधनको पहिचान र परिचालन लगाएतको विषमा प्रशिक्षित हुन पाएको र सिकेका कुराहरुलाई ब्यबहारमा उतार्ने प्रतिबद्धता समेत जनाएका जनाएको छ ।
Advertisement

तालिमकाे समापन कार्यक्रममा मेलमिलाप समितिका सदस्य दिल्ली प्रसाद गाैतम , महिला सदस्य ममता घर्ति , कृष्णकला सुनार , १७ वटा टोल विकासका अध्यक्ष ,सचिब र कोषाध्यक्ष , सहकर्मी समाजका प्रशिक्षक , जनशक्ति विकास संस्थाका प्रतिनिधि पत्राकार लगाएत करिब ५५ जनाको सहभागिता रहेको वडा सचिब स्वस्तीका पौडेलले जानकारी दिनु भयो ।









