बाल विवाह सम्बन्धी राष्ट्रिय रणनीति कार्यान्वयको अवस्थाका बारेमा छलफल

दलबहादुर सुनार

२२ फागुन , बर्दियाको बढैयातालमा बाल विवाह सम्बन्धी राष्ट्रिय रणनीति कार्यान्वयको अवस्थाका बारेमा छलफल गरिएको छ ।

Advertisement

बढैयातालको मैनापोखरमा राष्ट्रिय रणनीति कार्यान्वयको अवस्था र कानुनी प्रावधान सम्बन्धी मंगलवार पालिका स्तरीय बाल अधिकार समिति र न्यायिक समिति संग छलफल गरिएको हो ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा गल्स गेट इक्वलः बाल विवाह छिटोहुने र जवरजस्ती गरिने विवाह रोकथाम परियोजनाको सहयोगमा बाके युनेस्को क्लबको आयोजनामा र बढैयाताल गाउँपालिकाको समन्वयमा छलफल कार्यक्रमको भएको  जनाएकाे छ  ।

कार्यक्रमका सहजकर्ता प्रकाश उपाध्यायले बाल विवाह अन्त्यका लागि बनेको राष्ट्रिय रणनीति २०७२ मा बालिका र किशोरीको सशक्तीकरण , बालिका र किशोरीहरुको लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने , बालक र किशोर तथा पुरुषहरुको सहभागिता , परिवार समुदायको परिचालन गर्ने , सेवा प्रवाह , कानुन र नीतिको सुदृढीकरण र कार्यान्वयका बारेमा ब्यबहारीक र अन्तरक्रियात्मक छलफल द्धारा प्रष्टाउनु भएको थियो ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अर्जुन सुबेदीले आफ्नो धाराणा राख्दै भन्नु भयो बाल विवाहको कुरा जति खोतल्यो त्यति समस्या छ । बाल विवाह किन भैरहेको छ , कारण के हो भन्ने बारेमा सुक्ष्म ढंगवाट अध्ययन ,बिश्लेषण गरी रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न सकेमा मात्र न्युनिकरण हुने उहाँले बताउनु भयो ।

विद्यालय वाट ड्रप आउट भएका , अभिभाब विहिन , र आफन्तको संरक्षरणमा भएका बालवालिकाहरुको खोजतलास र पहिचान गर्नु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत सुबेदीले बताउनु भयो ।

छलफल कार्यक्रममा महिला शाखा प्रमुख सुजिता चौधरीले यस चालु आ.ब.मा बाल यौन दुब्र्यवहार र बाल विवाह सम्बन्धीका ४ वटा मुद्धा ईलाका प्रहरी कार्यालय मैनापोखरमा दर्ता भएको जानकारी गराउदै बाके युनेस्को क्लब र बढैयाताल गाउपालिकाले २०२३

मा गरेको सर्वेक्षण अनुसार बढैयातालमा २६ प्रतिशत बाल विवाह रहेको जानकारी दिनु भयो ।
यसै गरि स्वास्थ्य शखा बढैयातालका रमेश पौडेलले यस चालु आ.ब. २०८०÷०८१ मा २० वर्ष भन्दा कम उमेरका गर्भवति परिक्षण गर्नेको संख्या ३६ जना भएको जानकारी दिनु भयो ।

छलफल कार्यक्रमका सहभागि तथा बढैयाताल गाउँपालिकाका मेलमिलाप संयोजक गुमबहाादुर परियारले यहि फागुन ४ गतेका दिन अन्दाजी ७० बर्षका ब्यक्तिले बढैयाताल गाउँपालिका वडा नम्बर ९ की एक १६ वर्षे वालिका माथि यौनदुर्ब्यबहारको प्रयासको घटना भएको जानकारी गराउदै न्यायको लागि ईलाका प्रहरी कार्यालय मैनापोखरमा जादा पीडितले न्याय नपाएको बताउनु भयो । दुब्र्यबहारको प्रयास गर्ने ब्यक्ति लाई जरिवाना वापत रु दुई हजार पाँचसय पछि दिने गरि सहमतिमा उन्मुक्ति दिएको अवस्था रहेको परियारले जानकारी गराउनु भयो । पीडित दलित समुदाय र आर्थिक अवस्था कम्जोर भएकोले पनि उनले न्याय नपाएको हो की यस घटनाका बारेमा सत्य तथ्यको बारेमा बुझेर पिडित लाई न्याय र पीडक लाई कार्वाहीको दायरामा ल्याउन बाल अधिकार समितिको पनि ध्यान जानु पर्नेमा संयोजक परियारले जोड दिनु भयो ।

छलफल कार्यक्रममा इलाका प्रहरी कायार्लयका मैनापाेखरका  प्रहरी नायब निरिक्षक ऋषिराज खड्का , बाल अधिकार समिति र न्यायिक समितिका सदस्य गरि १८ जनाको सहभागिता रहेको बाके युनेस्को कल्ब बढैयातालकी सामााजिक परिचालक लक्ष्मी चौधरीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु