नेपालगन्जसंग जोडिएको गाउँमा डाँका समुहले गरे हत्या, एक गम्भिर घाईते

नेपालगन्ज । डाँकाको समुहले बुधवार राति बांकेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्तीका सन्तोष थारुको हत्या गरेका छ्न ।
बुधवार राति करिब १ बजे पाँच सात जनाको समुहमा आएका डांकाले लुटपाट गर्दा सन्तोष प्रतिकार गर्दा घाईते भएका थिए । कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेका थिए ।

डाँकाको समुहले दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ। घटना जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटरको दुरीमा भएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु