काठमाडौँ । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ ।
Advertisement
चौधरीलाई नाउपाको टिकापुरमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । उक्त पार्टीले चौधरीलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएको थियो । दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।
‘उहाँको अद्यावधि निवेदन दिनुभएको थियो । आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम मिलेन, स्वीकार गरेन । पहिला जे थियो त्यही कायम भयो’, उनले भने ।









