
दलबहादुर सुनार २४ फागुन बर्दिया , मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहको १६ औं बार्षिक साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
मानझुण्डी सामुदायिक वन उपभोक्ता समुह बढैयाताल ३ भोलागौडीको १६ औ साधरण सभामा आ.ब.२०७९÷०८० देखि चालु आ.व २०८० माघ महिना सम्मको आर्थिक तथा सामाजिक गतिबिधिको सार्वजनिक सुनुवाई गर्दै सभाको खुल्ला शत्र सम्पन्न भएको हो ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष तथा सभाका प्रमुखका प्रमुख अतिथि हिमालय त्रिपाठीले गमलामा राखिएको फुलको बोटमा पानि हालेर उद्धघाटन गर्नु भएको सभामा सामुदायिक वनका अध्यक्ष डम्बर बहादुर कार्कीले आर्थिक वर्ष .२०७९÷०८० देखि चालु आ.व २०८० माघ महिना सम्मको सामाजिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको जनाएको छ ।
मानझुण्डी सामुदायिक बनकी कोषाध्यक्ष हिमा नेपालीले आ.ब.२०७९÷०८० र चालु आ.ब. को माघ महिना सम्मको आर्थिक प्रगति प्रस्तुत गर्नु भयो उहाँले प्रस्तुत गर्नुको भएको आ.ब.२०७९÷०८० मा ५३ लाख १७ हजार ४सय २३ रुपैया २८ पैसा र चालु आ.ब. २०८०÷०८१ को माघ महिना सम्मको १३ लाख ४५ हजार ६सय ३६ रुपैया ७६ पैसाको आम्दानी र खर्चको बिबरण प्रस्तुत गर्नु भएको सामुदायिक बनका कार्यालय सचिब पदम बहादुर बुढामगरले जानकारी दिनु भयो ।
२५४.९१ हेक्टर क्षेत्रफमा फैलिएको मानझुण्डी सामुदायिक वनमा १७ सय भन्दा धेरै उपभोक्ता भएको वनले जनाएको छ । समुहले आफ्नो बार्षिक योजना अनुसार बार्षिक आम्दानीको ४० % वन विकासमा र ६० %को आधा वजेट सामाजिक, आर्थिक बिकास र बिपन्न बिद्यार्थीको शिक्षामा लगानी गरेको प्रस्तुत प्रतिबेदनमा जनाएको छ ।
समुहका अध्यक्ष डम्बर बहादुर कार्कीको अध्यक्षतामा भएको साधरण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बढैयाताल गाउँ कार्यपालिका सदय चन्द्रकला बि.क., नेकपा एमाले जिल्ला कमिटि सदस्य नेत्र प्रसाद सापकोटा, नेपाली कांग्रेस क्षेत्रिय सदस्य राम बहादुर क्षेत्री , राप्रपाका प्रतिनिधी , चुडामणी पौडेल , नेकपा समाजवादीका डिल बहादुर के.सी. , सब डिभिजन वन कार्यालय बाँसगढीका प्रमुख रामगणेश शाह ,सामुदायि वन उपभोक्ता समुह बर्दियाका सदस्य भुमिराज लामिछाने लगाएतले शुभकामना मन्तब्य राख्दै जिल्लाको नमुना मानझुण्डी सामुदायिक वन लाई पर्यटकिय बनाउनका लागि वन बाटिकाको रुपमा विकास गर्न स्थानिय सरकार र अन्य सरोकारवालाको ध्यान जानु पर्नेमा जोड दिए ।
सभामा स्थानिय जन प्रतिनिधी,सामुदायिक बनका निवर्तमान अध्यक्ष , सामुदायिक बनका कार्यसमिति , लेखा समिति , वनका उपभोक्ता , सुरक्षाकर्मी , स्थानिय संघ सस्थाका प्रतिनिधि , पत्राकार लगाएतको उपस्तिथि रहेको सभामा स्वागत समुहका उपाध्यक्ष मोहन गुरुङले गर्नु भएको जनाएको छ ।









