जनशक्ति बिकास समाजले बिबिध कार्यक्रम गर्दै श्रमिक महिला दिवस मनायो

 

२५ ,फागुन जनशक्ति विकास समाज बढैयाताल बर्दियाले बिबिध कार्यक्रमको आयोजना गर्दै ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

Advertisement

जनशक्ति विकास समाजले द डेप्लोमेन्ट फन्डको सहयोगमा र सहकर्मी समाजको समन्वयमा बिहिवार बिबिध कार्यक्रमको साथ ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो ।

समाजले दिवसको अवसरमा समाजका सस्थापक सदस्य कमला समापकोटा, फुलमायाँ थारु , ज्ञानु चौधरी , सिता थपलिया र पुतलि बि.क. लाई सस्था विकासमा योगदान गरेको भन्दै कदर पत्र र दोसल्ला वाट सम्मान गरेको सस्थाले जनाएको छ ।

 


“ महिलामा लगानी ः सभ्य र सम्मुनत समाजको थालनी ” भन्ने मुल नाराका साथ जनशक्ति विकास समाज बढैयाताल ६ मैनापोखरले बिहिवार आफ्नो कार्यालय देखि ईलाका प्रहरी कार्यालय मैनापोखर सम्म बिभिन्न नारा लेखिएको प्ले कार्ड सहित र्याली गर्दै ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस भब्य रुपमा मनाएको समाज बिकास सस्थाकी ब्यबस्थापक ज्योति थापाले जानकारी दिनु भयो ।

महिलाको प्रबिधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तिकरणका निम्ति रचनात्मक , सिर्जनात्मक तथा सचेतनात्मक रुपमा हरेक वर्ष मनाउदै आएको यस वर्ष पनि देशै भरि बिभिन्न कार्यक्रम गरि ८ मार्चको दिन अन्र्ताष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।


जनशक्ति विकास समाजका अध्यक्ष खेमराज बि.क.को अध्यक्षतामा तथा बढैयाताल गाउँ कार्यपालिका सदस्य चन्द्रकला बि.क.को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सस्थाका निर्वमात अध्यक्ष भंगी थारु , सम्मानित भएका फुलमाया थारु , कमला सापकोटा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

दिवसको कार्यक्रममा समाजका सदस्य , समुहका सदस्य , स्थानिय जनप्रतिनिधी , समाजेबी , पत्रकार लगाएतको उपस्तिथि रहेको कार्यक्रमको संचालन ज्योति थापा र स्वागत बिन्दु पौडेलले गर्नु भएको संस्थाले जनाएको छ । दिवसको अवसर पारेर बढैयाताल गाउँ पालिकाले पनि चैत्र २ र ३ गते  दिन बिज्ञ डाक्टरहरुका साथ महिलाहरुको पाठेघर लगाएत प्रजनन स्वाथ्यको परिक्षण तथा उपचार शिविर गरि मनाउने रहेका बढैयाताल गाउँ कार्यपालिका सदस्य बि.क.ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु