
२५ फागुन बढैयाताल , बढैयातालका युवा द्वारा किशोर किशोरी तथा युवाको लागि नमुना योजना निमार्ण गरेका छन् ।
Advertisement
सरकार द्वारा संचालन हुने बिकासका योजनामा अर्थपुर्ण सहभागिताको सुनिश्चितता र सेवा सुविधामा पहुँच अभिबृद्धी गर्न लागि बढैयातालका युवाले बार्षिक नमुना योजना बनाएका हुन् ।
प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले आयोजना गरेको कार्यक्रममा युवा सहभागिता निर्देशिका तथा कार्ययोजना निर्माण सम्बन्धीको अभिमुखीकरण कार्यक्रमका सहभागिले आ.ब. २०८१ / ०८२ को लागि टोल , वडा, र पालिका स्तरमा यूवा क्लब गठन गर्ने , स्थानिय सरकारको विकास योजनामा सक्रिय सहभागिताको लागि पैरबी गर्ने , युवाको अवस्था र समस्या पहिचान गर्ने , युवा लाइ स्वरेजगारमा जोड्न शिप विकास तालिम , आय आर्जन र क्षमता विकास तथा सशक्तिकरण सम्बन्धीको तालिमको लागि पहल गर्ने , समुदाय स्तरमा युवाका हकअधिकार, दायित्व र कर्तब्यका बारेमा सचेतनाका कार्यक्रम गर्ने , समुदायमा समस्याको रूपमा रहेको बालविवाह , लागुपदार्थ दुर्यब्यसनि , मानब बेचबिखन जस्ता बिकृति विसंगतीको बिरूद्ध सचेतना अभियान संचालन गर्ने जस्ता योजना बनाएको कार्यक्रमका सहभागि तथा परिवर्तनका लागी संवाहक अभियानकी अभियान्ता हिमा खड्काले जनाएकी छन् ।
बाँके युनेस्को क्लबको शसक्त् बालिका परियोजना अन्तर्गत संचालित उक्क्त कार्यक्रममा प्रशिक्षक दिपक भट्टराईले युवा नीति २०७२, युथ भिजन २०२५, स्थानीय सरकार संचालन एन २०७४ , ,स्थानीय योजना तर्जुमा प्रक्रिया र स्थानीय तहमा युवा सहभागीताताको महत्व र चुनौती का बारेमा सहजीकरण गर्नु भएको थियो ।
त्यसै गरी प्रशिक्षक भट्टराईले युवाको सहभागिता तथा सशक्तिकरण गर्नको लागि युवाक्लब गठन तथा युवा सांसद संचालन कार्यविधि – २०७५ को स्थानीयकरण गर्ने युवा संसदको निर्माण र अभ्यास,क्षमता अभिवृद्दी, श्रोत व्यवस्थापन , सहभागिहरू लाइ ४ समुहमा बिभाजन गरि योजना तर्जुमा र प्रक्रियाका बारेमा सहजिकरण गर्नु भएको संस्थाले जनाएको छ ।

स्थानिय सरकारका कार्यक्रममा युवा सहभागिता (बालबालिका, किशोरकिशोरी सहित) स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि बनाइ लागु गर्ने स्थानीय तहको योजना तर्जुमा प्रक्रिया दिग्दर्शन२०७८ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ ले तोके बमोजिम सिमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, किशोर किशोरी, दलित, युवा, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गताभएका व्यक्ति,ज्येष्ठ नागरिक लगायतका सरोकारवालाको अधिकतम सहभागिता सुनिश्चित् गर्नका लागि युवा क्लबले स्थानीय तहमा पैरवी गर्नु पर्नेमा सहभागिले जोड दिएका थिए ।

स्थानीय तहमा युवा सहभागिता सुनिस्चितताका लागि युवामा लगानी गर्नु पर्ने भन्दै कार्यक्रममा बनाएको योजना कार्यान्वयन र कार्यक्रममा सिकेका कुराहरू ब्यबहारमा लागु गर्ने सहभागिहरूले प्रतिबद्दता समेत गरेका परियोजना अधिकृत इश्वर बि.क.ले जनाउनु भएको छ ।

अभिमुखिकरण कार्यक्रममा बढैयाताल गाउँ पालिका अन्तरगतका वडा नम्बर १ देखि ९ सम्म्का वार्ड स्तरीय यूवा क्लबका प्रतिनिधिहरु तथा किशोर किशारी गरी ३० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।
।









