२८ फागुन , बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ लाई बाल विवाह वडा घोषणा गरिएको छ ।
समृद्ध बयैयाताल हाम्रो शान ः बाल विवाह मुक्त अभियान भन्ने मुल नाराका साथ बढैयाताल गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा आईतवार वडा लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

बाल विवाह बिरुद्ध काम गर्ने गैरसरकारी संघ संस्थाको साझदारीमा र स्थानिय एक दर्जन भन्दा धेरै समुह संस्थाको समन्वयमा भएको बाल विवाह मुक्त वडा घोषणा सभाका प्रमुख अतिथि तथा लुम्विनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले ममबत्ति बालेर उद्धघाटन गर्नु भएको हो ।
Advertisement

सब्य र भब्य रुपमा घोषणा गरिएको कार्यक्रममा हामी बाल विवाह प्रति सचेत छौं , हामी लाई बाल विवाह स्वीकार्य छैन , बाल विवाहको निम्तोलाई स्वीकार गर्र्दैनौ , हामी बाल अधिकारको सम्मान गर्दछौ , बढैयातालको ५ नम्बर वडा लाई बाल विवाह रहित बनाउन प्रतिबद्ध छौं, बाल विवाह गर्ने गराउने लाई कानुन बमोजिम कार्वाहरुका लागि पहल गर्ने छौ , विवाह गर्नु पुर्व वडा कार्यालयको अनुमति पत्र लिएर मात्र गर्ने गराउने छौ , आजको मिति देखी बढैयातालको वडा नम्बर ५ लाई बाल विवाह मुक्त वडा भएको घोषण गर्दछौ लगाएतका बुँदा रहेको साझा प्रतिबद्धतामा स्थानिय नागरिक , सरोकार वाला हरुले एक्यबद्धता जनाउदै बाल विवाह मुक्त वडा घोषणा गरिएको वडाले जनाएको छ ।
वडा नम्बर ५का अध्यक्ष तुलाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भुवनेश्वर चौधरीले आजको दिन ऐतिहासिक भएको भन्दै घोषणा भएको वडामा बाल विवाह हुन नदिन जन प्रतिनिधि, सरोकार वाला सबैले कानुनको पालनना गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रम लाई आकषण बनाउन बिभिन्न सस्कृति झल्किने मनोञ्जनात्क प्रस्तुति गरिएको घोषणा सभामा बाल विवाह मुक्त गर्ने अभियानमा सहयोग गर्ने नागरिक समाज, समुह , संघ स्थालाई सम्मान पत्र प्रदान गरिएको थियो भने साझेदार सस्था र पालिकाका जन प्रतिनिधि कर्मचारी लागएत लाई मायाँको चिना र कदर पत्र प्रदान गरिएको थियो ।


नेपालको मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ भने बाल विवाह गर्ने गराउने लाई दण्ड सजायको ब्यवस्था समेत गरेको छ । कानुनको पालना गर्न र गराउनको लागि वडा कार्यालय र बाल विवाह बिरुद्ध काम गर्ने साझेदार सस्था आवाज , बाके युनेस्को कल्ब लगाएतले गरेका घर दैलो सवेक्षण अनुसार न २०२३ सम्ममा १६ प्रतिशत बाल विवाहको अवस्था रहेकोल बाल विवाह वडा घोषणा गरिएको वडाले जनाएको छ ।

घोषण सभामा बढैयाताल गाउँ पालिका अध्यक्ष हिमालय त्रिपाठीले शुभकामना मन्तब्य राख्दै बाल विवाहको जरै वाट अन्त्य हुनु पर्छ । बाल विवाह अनैतिक , बिकृति र बिसंगतिको रुपमा रहेको हुदा यस्तो कार्यहुन नदिन सबैको भुमिका महत्वपुर्ण हुने बताउदै सन २०२५ भित्र बढैयाताल लाई बाल विवाह मुक्त पालिका घोषण गर्ने लक्ष्य भएको उहाँले बताउनु भयो । बढैयातालका वडा नम्बर २, ३, ६ , ७ यस अघि नै बाल विवाह घोषणा भएको र अव छिट्टै वडा नम्बर १ पनि तयारी अवस्थामा भएको जानकारी गराउदै बनेका कानुनको पालनना गर्न सबै नागरिक , स्थानिय सरकार लगाएत सरोकार वाला प्रतिबद्धहुनु पर्नेमा अध्यक्ष त्रिपाठीले जोड दिनु भयो ।
यसै गरि पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले कामको शुरुवात भएको छ भन्दै जहाँ बाल विवाह हुन्छ त्यहाँ समृद्धि हुन नसक्ने बताउनु भयो । यो महान अभियान लाई सार्थक बनाउनको लागि सबैको साथ र सहयोग हुनु पर्नेमा उपाध्यक्ष अधिकारीले जोड दिनुभयो ।
शुभकामना मन्तब्य राख्दै बढैयाताल गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत अजुन सुबेदीले बाल विवाह मुक्त भएको घोषणाले जिम्मेवारी थपिएको भन्दै यदि बाल विवाहको घटना भएमा शिर झुकाउनु पर्ने हुन्छ । घोषणा पश्चात पनि यस्ता घटना घटेमा कानुनको बिरुद्ध हुने भएकोले कानुन बमोजिम कार्वाही गर्न बाध्य हुने प्रमुख सुबेदीले बताउनु भयो ।
यसै गरि वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले बाल विवाह मुक्त गर्नु भनेको आदर्श समाज निमार्ण निमार्ण गर्नु भन्दै बाल विवाह रोक्न सकेमा मात्र घोषणाको सार्थकता हुने अध्यक्ष पौडेलले बताउनु भयो । वडा नम्बर ६ का अध्यक्ष शुक्रराज सापकोटाले समाजमा हुने कुनै पनि हिंसा अन्त्य हुनु पर्ने भन्दै घोषणा कार्यक्रम लाई सफल पार्नका लागि सबैको ऐक्यबद्धता र प्रतिबद्धता हुनु पर्नेमा जोड दिनु भयो ।
गाउँ गाउँ वस्ति वस्ति वाट बाल विवाह विकासको बाधक हो , विहेवारी २० वर्ष पारी , बाल विवाहको निम्तो लाई म बहिष्कार गर्छु ,मलाई दुलाह होइन किताब देउ , घरेलु हिंसा अन्त्य गरौ जस्ता नारा लगाउदै र पञ्चेवाजा बजाउदै वडा कार्यालयको प्रांगणमा पुगेर कार्यक्रममा लाई आकषर्ण पारिएको थियो ।

स्थानिय जन प्रतिनिधी , वडा नम्बर ४, ६, ७, ८, र ९ नम्बरका वडा अध्यक्षहरु , ५ नम्बर वडाका पुर्व जन प्रतिनिधि , बाके युनेस्को कल्बका कार्यक्रम संयोजक महेश नेपाली , आवज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाही , ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरिक्षक ऋषिराज खड्का , स्थानिय बिद्यालयका प्रधाना ध्यापक , आवज संस्था कार्यक्रम संयोजक चेतन गिरि , आवज बर्दियाका संयोजक धर्मराज चौधरी , कमैया महिला जागरण समाजका प्रतिनिधी , बि .ग्रुपका प्रतिनिधि , स्थानिय राजनितिक दलका प्रतिनिधी , बड्घर , नगारिक समाजका प्रतिनिधि स्थानिय बाल क्लब , महिला समुह , युवा क्लब सहकारी, सामुदायिक बनका प्रतिनिधि , बिद्यार्थी , कर्मचारी , पत्राकार लगाएतको सहभायिता रहेको जनाएको छ ।

वडा नम्बर ५की सदस्य कुमारी परियारले स्वागत र सञ्चालन सरस्वती माध्यामिक बिद्यालयका शिक्षक नारायण सुबेदीले गर्नु भएको घोषणा सभामा बर्दिया डान्स आइडल पुर्णिमा परियार , लालिगुरास पञ्चेवाजा समुह , बुहारी समुह , बाल क्लब , युवा क्लब लगाएतले सन्देशमुलक प्रस्तुति गरेका आयोजक सस्थाले जनाएको छ ।










