सुतेका बेला घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु

 

 

Advertisement

३० भदौ, दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा  त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको छ ।

शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको उनले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।

प्रराम्भिक अनुसन्धानमा हेर्दा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु