नेपालगन्ज । लाईटर बोकेको ट्रकमा एक्कासी आगलागी भई अबरुद्ध भएको सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली पुलको अवस्था बारे बुझ्न बुटवलबाट प्राविधिक टोली आज आउने भएको छ ।
उक्त प्राविधिक टोलीले पुलमा भएको क्षति अध्ययन गरी सवारी आउजाउ हुनसक्ने वा नसक्ने बारे प्रतिबेदन दिने छ । लाईटर बोकेको ट्रकमा आगलागाी भई पुलको तारमा सल्किएको थियो । उक्त पुल एउटै पिलरमा तारको माध्यमबाट उभिएको छ । उक्त पुललाई एसियाकै नमुना पुल मानिन्छ ।
Advertisement
बर्दिया ट्रफिक प्रहरीका अनुसार प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै कर्णाली पुल भएर सवारी आउजाउ हुने वा नहुने बारे निर्णय हुने जनाएको छ । आजलागीमा परी कर्णाली पुलमा क्षति पुगेपछि आवागमन केही दिनका लागि बन्द गरिएको छ । सोमबार पूर्वबाट लाइटर ढुवानी गरेर पश्चिम गइरहेको ट्रकमा आगलागी हुँदा कर्णाली पुलमा केही क्षति पुगेकाले यहाँको आवागमन केही दिनका लागि बन्द भएको हो ।









