बाँकेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार काठ चिरानका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पार्धेलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

Advertisement

 

हेर्नू होस् आरोप पत्र

जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धे उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८०।११।२९ गते।
——————————————

जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत नारायण पार्धेलाई सेवाग्राहीबाट रु.७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेले काठ चिरानको सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.७,०००।–(सात हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको हुँदा निज नारायण पार्धेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.७,०००।-(सात हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु