गुलारियामा निशुल्क आँखा शिविर सम्पन्न, १२ प्रतिशतमा मोतिबिन्दु ।


बर्दिया, शनिवार, भदौं ३०

बर्दियाको गुलारिया नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । फत्तेबाल आँखा अस्पताल फुलटेक्र नेपालगन्जको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठमण्डौंको सहयोग तथा गुलारिया नगरपालिकाको समन्वयमा निशुल्क आँख शिविर सम्पन्न गरिएको हो । आँखा शिविरबाट एक हजार ५ सय ८० जनाले आँखा परिक्षण गराएकाछन् । जसमध्ये एक सय ९६ जना मोतिबिन्दुको बिरामी भेटिएको फत्तेबाल आँखा अस्पतालका नेत्र अधिकृत छन्दुलाल थारुले बताए । आँखा शिविरबाट १२ प्रतिशतमा मोतिबिन्दुको समस्या भेटिएको छ । मोतिबिन्दुका बिरामीलाई निशुल्क अप्रेशनका लागि फत्तेबाल आँख अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । शिविरबाट मोतिबिन्दुको अप्रेशनका लागि छानोट भएका बिरामीहरुको फत्तेबाल आँखा अस्पतालमा आउने आइतबारबाट अपे्रशन हुने नेत्र अधिकृत थारुले बताए ।

Advertisement


फत्तेबाल आँखा अस्पतालले गएको भदौ २४ गतेदेखि २९ गतेसम्म गुलरिया नगरपालिकाको एक देखि १२ वडासम्म सबै स्वास्थ्य चौकीमा निशुल्क आँखा परिक्षण शिविर आयोजना गरी निशुल्क आँखा परिक्षण गरिएको थियो ।
फत्तेबाल आँखा अस्पतालले स्थापनाकाल देखि नै अन्धोपन निवारणका लागि आँखा उपचार सेवा नपुगेको ग्रमिणस्तरको गाउँघरमा गएर निशुल्क आँखा शिविर आयोजना गरी सेवा प्रवाह गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु