बढैयातालका सबै वडामा युवा क्लब गनठ कार्य तिब्र

२९ फागुन , बढैयाताल , बढैयाताल गाउँ पालिकाको सबै वडामा युवा क्लब गठन लाई तिब्र पारिएको छ ।

बढैयातालका युवाको सशक्तिकरण र पालिका स्तरीय युवा समन्वय परिषद गठन गर्ने उद्देश्यले युवा क्लब गठन लाई तिब्र पारिएको हो ।

Advertisement


क्लब गठन गर्ने क्रममा सोमवार ८ नम्बर वडा कार्यालयको सभाहलमा वडा स्तरीय युवा क्लब गठन गरिएको छ ।
बढैयाताल गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सोमबार बसेको भेलाले स्वस्तिका खड्काको अध्यक्षतामा २७ सदस्य रहेको युवा क्लब गठन गरेको जनाएको छ ।


जसमा उपाध्यमा रिजा थारु, सचिबमा, सरस्वती पौडेल, कोषाध्यक्षमा रचना थारु , सदस्यहरुमा अरुणा थारु , किरण गौतम, मञ्जली खत्री , मनिसा थारु , बिकल्प थारु , पुर्णिमा चौधरी , सिताष्मा श्रेष्ठ , गिता नेपाली , आफरिन खातुन, अन्सु घर्ति तिर्सना रानाभाट , दिपा बस्नेत लगाएतका २७ जना सर्वसम्मत चयन भएका वडा सदस्य ममता घर्तिले जानकारी दिनु भयो ।


पालिका स्तरीय युवा सञ्जाल गठन गर्नका लागि यहि फागुन ३० गते भित्र प्रत्येक वडा स्तरी युवा क्लब वाट ३ जनाको नाम पठाउनु पर्ने भएकोले बढैयातालका सबै वडाहरुमा युवा क्लब गठनको कार्य तिब्ररुपमा भैरहेको बढैयाताल गाउँ पालकिाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले जानकारी दिनु भयो ।
बढैयाताल वडा नम्बर ८ का टोल टोल बाट सबै जात जाति भाषा, धर्ममा आस्था राख्ने समुदायका युवाहरुको सक्रियतामा युवा क्लब गठन भएको मा धन्यवाद ज्ञापन गर्दै वडा अध्यक्ष तेजनाथ पौडेलले सर्बसम्मत चयन भएको समिति लाई बधाई दिदै बर्दियामा नमुना युवा क्लबकाे रूपमा चिनाउन र अब्बल कल्बकाे रूपमा बिकास हाेस  भन्ने शुभकामना  राख्नु भयाे  ।


सर्वसम्मत रुपमा अध्यक्ष बन्न सफल स्वस्तिका खड्काले आफ्नो प्रतबिद्धता राख्दै टिम लाई क्रियाशिल बनाउन निरन्तर लाग्ने बताउनु भयो । सामाजिक बिकृती बिसंगतिको बिरुद्ध अभियान सञ्चालन गर्दै समाज रुपान्तरणमा अहम भुमिका खेल्ने र ८ नम्बर वडालाई नमुना वडा बनाउने प्रतिबद्धता समेत जनाउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु