बढैयातालमा निःशुल्क आँखा, कान शिविर तथा रक्तदान कार्यक्रम: ४ सय भन्दा धेरै लाभान्वित

०१ चैत्र बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिकामा निःशुल्क आँखा, कान शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाईटी उप शाखा बढैयातालको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको सहकार्यमा बुधवार शिबिर सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दिया , शिवगंगा आँखा उपचार केन्द्र गुलरिया बर्दियाका प्राबिधिकको सहयोगमा सञ्चालन गरिएको उक्त शिविर वाट चार सय भन्दा धेरै सेवाग्राही आँखा र कान सम्बन्धिको स्वास्थ्य सेवा वाट लाभान्वित भएका आयोजक सख्थाले जनाएको छ ।


शिबिरमा मोतिबिन्दु, दृष्टि दोष, आँखाको पर्दा , रेटिना, मासु पलाएको ,चालिसे लगाएतका आँखा सम्बन्धि र कान सम्बन्धीका समस्याको पनि सम्पुर्ण परिक्षण गरिएको बताउदै परिक्षण गरिएका मध्ये ४८ जना मोतिबिन्दु सम्बन्धी समस्या भएका लाई अप्रेशनको लागि रिफर गरिएको आँखा उपचार केन्द्र गुलरिया बर्दियाका प्राबिधिक कृष्ण मिश्रले जानकारी दिए ।

शिवगंगा आँखा उपचार केन्द्र वाट अन्तको भन्दा कममा सेवा दिदै आएको र रिफर भएकाहरुको हकमा अप्रेशन खर्चमा एक हजार छुट गरिने र शिविरमा आँखा परिक्षण गरिएका हरुको लागि सहुलिएतमा चस्मा बितरण समेतको सेवा दिएको प्राबिधिक कृष्ण मिश्रले बताए ।


बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्य र उपशाखाका सभापती मोहनलाल रेग्मीको अध्यक्षतामा भएको शिविरमा १ सय ८३ जना महिला र ९० जना पुरुषले आँखा परिक्षण गराएका थिए भने ८६ जना महिला र ४८ जना पुरुषले कानको परिक्षण गराएका थिए ।


बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख अर्जुन सुबेदी वाट शुभारम्भ भएको रक्तदान कार्यक्रममा स्थानिय महिला पुरुष गरि १९ जनाले रक्त दान गरेका उपशाखाका सदस्य सञ्जय सापकोटाले जानकारी दिए ।


कालिका सामुदायिक पुस्तकालय, सानाकिसान कृषि सहकारी संस्था लि.कालिका, कालिका बचत तथा ऋण सहकारी संस्था लि. जयकालिका माध्यामिक विद्यालय मुनालबस्ती ,बिद्या ज्योति नमुना विद्यालय कण्ठपुर , बर्दिया एकेडेमी , शुभकामना एकेडेमी , बोर्डर बहुउद्देश्य सहकारी संस्था , ज्योती बहुउद्देश्य सहकारी संस्था, संकल्प महिला बहुउद्देशिय सहकारी संस्था लि. सानाकिसान कृषि सहकारी संस्था मैनापोखर लगाएतका संस्थाहरुको सहयोग रहेको आयोजक सस्थाका सभापती माेहनलाल रेग्मीले जानकारी दिए  ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु