अशक्त युवती बलात्कार आरोपमा पक्राउ

 

सुलीकोट। शारीरिक र मानसिक रूपमा अशक्त युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका ८ रातमाटेमा स्थायी घर भएका ४० वर्षीय का चित्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार २०८० साल फागुन २९ गते दिउँसो १ बजेको समयमा शारीरिक र मानसिक रूपमा अशक्त युवतीलाई घरमा कोही पनि नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा पीडित आमाको जाहेरी दरखास्तको आधारमा बुधवार पक्राउ गरिएको हो ।

उनलाई कारवाहीका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु