मलेरिया जाेखिम क्षेत्रमा किटनासक झुल वितरणका लागि पुर्व तयारी अभिमुखकरण

१ चैत्र , बर्दिया ,   मलेरिया जाेखिम क्षेत्र बढैयाताल गाउँपािलका ८ मा  किटनासक झुल वितरण प्रकृयाका लागि पुर्व तयारी अभिमुखिरकरण गरिएको छ ।


बढैयाताल गाउँ पालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा तथा नेपाल सरकार , स्वास्थ्य जनसंख्या मन्त्रालयको कार्यक्रम, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभिमुखिरकण गरिएको हो ।

Advertisement


बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा बिहिवार भएको कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत मलेरिया उन्मुलन कार्यक्रमका फोकल पर्शन रोहित शाहले औलो निवारणका लागि औलोको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिबृद्धि औलो रोकथाम तथा महाबारीमा प्रतिकारात्मक कार्य गर्ने नेपाल सरकारको उद्देश्य रहेको बताउनु भयो ।


शाहले बर्दिया जिल्लाको बढैयाताल पालिका ८ नम्बर वडामा पनि औलोका बिरमी भेटिएकोले औलाको जोखिम वाट बच्न किट नासक झुलको प्रयोग गर्नु पर्ने धारणा राख्दै झुल वितरण गर्नु पुर्व घर धुरी सर्बेक्षण कसरी गर्ने , झुल वितरणका लागि नेपाल सरकारको कार्यबिधि र प्रकृयाका बारेमा सहजिकरणगर्नु भएको थियो ।

बढैयाताल गाउँपालिका वडा नम्बर ८ का १२ जना महिला स्वास्थ्य स्वंय सेविका र अभिमुखिकरण कार्यक्रमका अन्य सहभागिह गरि १८ जना घर धुरी तथ्यांक संकलन गर्नका लागि यहि चैत्र ४ गते देखि घर दैलोमा जाने बढैयाताल गाउँ पालिका ८ का अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

अभिमुखिकरण कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी , प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी , जिल्ला स्वास्थ्य कार्यालय बदियाका बिष्णु प्रसाद बैश्य वडाका निर्वाचित सदस्य , स्थानिय राजनितीक दलका प्रतिनिधि , वडाका महिला स्वास्थ्य स्वंय सेविका , नागरिक समाज बढैयाताल ८ का अध्यक्ष दिपाकुमारी गौतम , कालिका स्वास्थ्य चौकीका प्रमुख राजु थापा , स्वास्थ्य शाखाका कर्मचारी , कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठ  लगमएत ३५ जनाको उपस्तिथी रहेको स्वास्थ्य शाखा बढैयातालका प्रमुख बिष्णु पौडेलले जानकारी दिनु भयो ।


बढैयाताल गाउँ पालिका ८ नम्बर वडाका अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा बढैयातालका रमेश पौडेलले गर्नु भएको वडाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु