
बर्दिया, चैत २ शुक्रबार
बर्दियाको आशा लघुबित्त बित्तिय संस्था मैनापोखर शाखले बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको औपचारिक उद्घाटन बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ऋण लिदां योजना बनाएर मात्रै लिनु पर्ने बताए । उनले भने, योजना बिना लिएको ऋण बालुवामा पानी हाले जस्तै हुन्छ, योजना बनाएर लिएको ऋणबाट मात्रै लक्ष्य प्राप्त गर्न सकिने उनले बताए । कार्यक्रमको उद्देश्यबारे संस्थाका शाख प्रबन्धक तेजराज न्यौपानेले प्रष्ट परेका थिए । कार्यक्रममा बोल्दै प्रबन्धक न्यौपानेले भने, बित्तिय बचत सम्बन्धि ज्ञान नहुदां भबिष्यमा जोकोहीलाई पनि समस्या हुने, ऋणमा दुब्ने तथा बित्तिय संकट भोग्नु पर्छ । त्यसकारण संस्थामा आबद्ध सदस्यहरुलाई सक्षम, आत्मा निर्भर बनाउन बित्तिय साक्षरता आवश्यक रहेको उनले बताए । आशा लघुबित्त बित्तिय संस्थाको देशैभरी एक सय ४२ वटा शाखा रहेको छ । जस अन्र्तगत आप्mनो सदस्यहरुलाई संस्थाले व्यवसायमुखि बनाउन बिभिन्न तालिम संञ्चालन गर्दै आएको छ । कार्यक्रममा प्रशिक्षण केन्द्रिय अनुगमन अधिकृत राजेश भण्डारीले गरेका थिए । सहजीकरण खजुरा शाखाका प्रमुख संञ्जित ओलीले गरेका थिए । कार्यक्रममा एक सय २० जना सदस्यहरुलाई बित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण गरिएको संस्थाले जनाएको छ ।

Advertisement
कार्यक्रममा शुभकामना मन्तव्य ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी हवल्दार फुलाराम चौधरी, समाजेवी तथा जेष्ठ नागरिक संघ बर्दियाका सचिव यदुनन्दन शर्माले दिनु भएको थियो । कार्यक्रम संस्थाका बचतकर्ता सदस्य सारस्वती थापा हमालको अध्यक्षतामा गरिएको छ । कार्यक्रममा आशा लघुबित्त बित्तिय संस्था बाँसगढी शाख प्रमुख छन्दुलाल थारुलगायत्को सहभागिता थियो । कार्यक्रम संस्थाका कर्मचारी भोजराज भट्टाले संञ्चालन गरेका थिए, भने स्वागत मन्तव्य संस्थाका कर्मचारी सर्मिला रोकायले दिएकी थिइन् ।









