काठमाडौं । सरकारले आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको छ ।
नेपाल आयल निगमले दिएको जानकारी अनुसार भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ ।
Advertisement
यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ ।










