बाँकेको ढकेरीमा बाघले फेरि लियो एक जनाको ज्यान

 

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको छ । उनी राप्ती सोनारी गाउँपालिका ९ ढकेरीबाट पैदल हिडेर कोहलपुर आउँदै गर्दा आज बिहान साढे ५ बजे आक्रमणमा परेका थिए । बाघले खाएको अवस्थाको शव कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शवको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिएको छ । सल्यान भएका शर्मा आफन्तको घर ढकेरी आएका थिए । यसअघि पनि उक्त क्षेत्रमा बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको थियो । उक्त क्षेत्र राष्ट्रिय निकुञ्जसँग गाँसिएकोछ । स्थानीयका अनुसार त्यस क्षेत्रमा बाघ देखिदै आएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु