आजबाट कर्णाली पुल एकतर्फी सञ्चालन

 

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भई अबरुद्ध भएको कर्णालीको चिसापानी पुल मर्मत सम्हारपछि एकतर्फी सवारीसाधन सञ्चालनमा आएको छ ।

Advertisement

गत २८ गते विरगन्ज्बाट लाइटर बोकेको ट्रक महेन्द्रनगरतर्फ जाँदै गरेको अवस्थामा एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलको तारमा सल्किएपछि क्षति भएको थियो ।

सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेपछि पुल सन्चालनमा आएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु