बाँके बैजनाथबाट ब्राउनसुगसहित २ जना पक्राउ

बाँके, बैजनाथ गाउँपालिका-४ नौलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माने भन्ने २१ वर्षीय मिलन थापा र १९ वर्षीय बिमल वली रहेका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मिलन थापाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु