
६ चैत्र बढैयाताल , पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
यूवा नै हो देशको शान ः सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ यहि चैत्र २४ गते बर्दियाको बढैयाताल गाउँपालिकामा हुने फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको हो ।
बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता लाई सभ्य र भब्य रुपमा सञ्चालन गर्नको लागि तयारी तिब्र पारिएको पत्रकार सम्मेलन मार्फत जानकाारी गराइएको छ ।
कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र बढैयाताल ८ स्याउली बजारले मंगलबार आयोजना गरेको पत्राकार सम्मेलनमा श्रोतकेन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठले प्रतियिोगिता संचालन गर्नुको उद्देश्य र सञ्चालनमा लाग्ने लाग्ने खर्च र प्रतियोगिता सञ्चालनको लागि सम्भावित श्रोतहरुको बारेमा जानकारी गराए ।
Advertisement
प्रतियोगिमा बिजेता हुने लाई रु १ लाख , उप विजेता हुने लाई ५५ हजार , ट्रफी , मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको जनाउदै प्रतियोगिता बढैयाताल गाउँपालिका र मयुर यूवा क्लबको समन्वयमा हुने भन्दै मयुर युवा क्लबको खेल मैदानमा बिभिन्न सास्कृतिक कार्यक्रमका साथ उद्धघाटन हुने प्रतियोगिता लाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न स्थानिय उद्योगि , ब्यापारी , बिद्यालय , संघ सस्था , समुदाय स्तरका बिभिन्न समुह ,नागरिक समाज , लगाएतको साथ र सहयोग हुनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।

बढैयाताल गाउँपािलका वडा नम्बर २ का अध्यक्ष डिलादेब गिरीकाे प्रमुख अातिथ्यमा भएकाे पत्रकार सम्मेलनमा स्थानिय राजनितिक दलका प्रतिनिधि, जन प्रतिनिधि , संघ सस्थाका प्रतिनिधि , नागरिक समाजका प्रतिनिधि , पत्राकार लगाएतको सहभागिता रहेको उक्त सम्मेलनमा स्वागत शोभा अधिकारी र सञ्चालन सञ्जय सापकोटाले गरेका जनाएको छ ।










