बाल विवाह न्यूनिकरणमा अभिभावकको भुमिका सम्बन्धी बक्तृत्वकला


७ चैत्र , बढैयाताल बाल विवाह न्यूनिकरणका लागि अभिभावकको भुमिका बिषयकमा बक्तृत्वकला गरिएको छ ।

बाल विवाह , चाडै हुने र जवरजस्ती गरिने विवाह रोकथाम परियोजनाको सहयोगमा नागरिक समाज संजाल बढैयातालको आयोजनामा उक्त प्रतियोगिता गरिएको हो ।

Advertisement

 

बढैयाताल गाउँपालिका वडा नम्बर ८को नयाँबस्ति र पशुपतिबजारमा मंगलवार बाल विवाह न्यूनिकरण गर्न अभिभाबकको भुमिका बिषयमा गरिएको प्रतियोगितामा समुदाय स्तरका महिला तथा पुरुषले भाग लिएका थिए ।

बढैयाताल गाउँपालिका र ईलाका प्रहरी कार्यालय मैनापोखरको समन्वयमा भएको बक्तृत्वकला प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी सहायक निरिक्षक खिम बहादुर डाँगी र कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक मोहन बहादुर बिष्टले सहजिकरण गरेका थिए ।

 


मूल्यांकन समितिका संयोजक तथा जिल्ला प्रहरीका बर्दिया सामुदायिक प्रहरी शाखाका प्रहरी सहायक निरिक्षक डाँगीका अनुसार नयाँबस्तिमा भएको प्रतियोगितामा अनिता गौतम प्रथम , मिना भण्डारी द्धितिय र राम बहादुर थारु तृतिय भएका थिए ।


त्यसै गरी पशुपतिबजार भएको प्रतियोगितामा सरिता बि.क प्रथम , अम्विका सुनार द्धितिय र अनिता बि.क तृतिय भएका प्रहरी सहायक निरिक्षक डाँगीले जानकारी दिए ।

 


दुबै स्थानमा भएको प्रतियोगितामा १७ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए । सहभागि प्रतियोगिले जनचेता , बालबालिका र अभिभाबक लाई अभिुमुखिकरणका कार्यक्रम गाउँवस्तीमा गर्नु पर्ने बिचार राखेका थिए ।
अभिभाबकले आफ्ना छोरा छोरीको उमेर अनुसार निगरानी गर्नुपर्ने ,बाल विवाह भएको देखेमा कार्वाहीको लागि प्रहरीमा जानकारी दिनु पर्ने , बाल बालिका लाई डर त्रास मात्र देखाएर होईन उनीहरु संग साथिको ब्यबहार गर्नुपर्ने , मोवाइल वाट टाढा राख्न पर्ने र बाल विवाह भएमा हुने शारीरिक , मानसिक , शिक्षा , स्वास्थ्य , आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने असरको बारेमा आफ्ना छोरी लाई जानकारी गराउनु पर्ने बताएका थिए ।

नयाँवस्तीमा टोल विकास समितिका अध्यक्ष मान बहादुर थारु र पशुपतिबजारमा टोल विकास समितिका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षता भएको हो


कार्यक्रममा वडा सदस्य कृष्णकला सुनार , नागरिक समाज सञ्जाल बढैयातालका सचिब ज्ञानेन्द्र पोख्रेल , सदस्य सुकमाया सुनार , ८ न. वडा नागरिक समाज सञ्जालका सचिब अर्जन थापा, पत्राकार लगाएतको उपस्तिथि रहेको बाके युनेस्को क्लबकी सामाजिक परिचालक लक्ष्मी चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु