
८ चैत्र , गेरुवा गाउँपालिकाले बुधवार आयोजना गरेको अपांगता परिचय पत्र बितरण समन्वय समितिको बैठक चलिरहेको थियो परिचय पत्रको लागि धेरै टाढा वाट अटो बुक गरेर आएका थिए भने कतिले २÷३ घण्टा लगाएर साइकल यात्रा गरेर पनि ल्याएका थिए ।
Advertisement

पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा बसेको परिचय पत्रको बैठकमा एक जना युवाले भने मेरो आमा बिगत ६÷७ महिना देखि पुर्ण अशक्त हुनुहुन्छ , आर्थिकले भ्याएसम्म उपचार गर्ने प्रयास गर्यौ तर केही शिप लागेन अहिले विस्तारमा हुनु हुन्छ हलचल गर्न सक्ने अवस्था पनि छैन उनले भने ।
उनको कुरा सुनेर समितिका सदस्य तथा लेखा अधिकृत सुदिप सिग्देले भन्नु भयो यस्ता अवस्थाका लाई पहिलो प्राथमिकतामा राखेर सेवा दिनु पर्छ , ढिलो नगरौ घरमा जाउँ भन्नु भयो र पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको नेतृत्वमा , डाक्टर गंगेश्वर ठाकुर , महिला शाखा प्रमुख रमा पुन , स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद भण्डारी ,बदिया अपांग पुनस्र्थापना केन्द्रका महासचिब दल बहादुर सुनार सहितको टोली झण्डै ८÷१० किलो मिटर टाढाको यात्रा गर्दै गेरुवा गाउँपालिका वडा नम्बर २ भैरमपुर निवासी ५२ वर्षकी सिलारानी थारुको घरमा पुग्यौ ।

उनको घरमा पुग्दा उनका श्रीमान घरको पिंढीमा डोरी बाट्दै थिए भने घरमा ढोका लागेको थियो । ढोका खोलेर उनको अवस्था हेर्दा घर भित्र एउटा खटियामा सुतिरेको अवस्थामा भेट्यौ भेट्दा न त बोल्न सक्ने न त हल चल नै, न त मुखमा माखा वस्दा धपाउन सक्ने नै अवस्था थियो ।
टोलीका सहभागि डाक्टरले उपचार गराएको रिपोर्ट हेर्नु भयो र उहाँलाई मस्तिष्क पक्ष घात भएको हो सुधार हुने अवस्था देखिदैन उनलाई (क) बर्गको रातो रंगको पुर्ण अशक्त अपांगता पत्र दिन सकिने डाक्टरको राय अनुसार क वर्गको परिचय पत्र दिने निर्णयले पालिकाको सेवा घरमा पाउदा उनका परिवारले खुसी ब्यक्त गरेका छन् ।
नेपालको संबिधान २०७४ अनुसार तिन तहको सरकारको संरचना भएपछि स्थानियतहका सरकारले पनि आफ्नै कानुन , नीति तथा कार्यक्रम बनाएर अपांगता भएका ब्यक्तिहरुलाई महिला शाखा वाट अपांगता परिचय पत्र वितरण ,अपांगता भएका ब्यक्तिहरुको सशक्तिकरणका कार्यक्रम गर्दै आएको भएता पनि पुर्ण अशक्त र अति अशक्त अपांगता भएका ब्यक्तिहरुको लागि भने परिचय पत्रको सेवा लिन भने टाढैको कुरा भएको उनिहरु बताउ छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार गेरुवा गाउँपालिकामा १ हजार ६ सय ६ जना अर्थात ४.९ प्रतिशत अपांगता भएका ब्यक्तिहरु रहेका छन् । तर २०८० चैत्र सम्म ४सय ४१ जना अर्थात २७.४५ प्रतिशतले मात्र अपांगता परिचय पत्र लिएको महिला शाखाले जनाएको छ ।
गेरुवा गाउँपालिकामा धेरैको सख्यामा अपांगता भएका ब्यक्तिहरु परिचय पत्र पाउन वाट वञ्चित भएको तथ्यांकले देखाउछ । महिला शाखाका अनुसार प्राय (क) र (ख) वर्गको लागि आउने र अरु वर्गको भए न लिने भएकोले पनि यो फरक भएको हुन सक्ने शाखाले जनाएको छ ।

७ गते बुधवार बसेको समन्वय समितिको बैठकमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले कार्यबिधि भित्र रहेर ब्यक्तिको अवस्था हेरेर मात्र दिन समिति लाई सचेत गर्नु भएको थियो । बैठकले पूर्ण अशक्त (क) वर्गमा १ जना, अतिअशक्त (ख) वर्ग ६ जना , मध्यम (ग) बर्गको ८ जना र सामान्य ( घ) बर्गको ४ गरि जम्मा १९ जना लाई परिचय पत्र दिने निर्णय गरेको र आवाश्यक कागाजात नभएका ७ जना लाई परामर्श दिएको महिला शाखाकी प्रमुख रमा पुन मगरले जानकारी दिनु भयो ।
गेरुवा गाउँपालिकामा यातायातको असुबिधा , डाक्टरको ब्यबस्थापन र बजेटका कारणले पनि अपांगता परिचय पत्र वितरण समन्वय समितिको नियमित बैठक बस्नमा समस्या भएका बताउदै अन्य वर्गको परिचय पत्र पाउनेले पनि क र ख वर्गको मात्र परिचय पत्र लिनको लागि दवाब दिनु चुनौतिको रुपमा भएको महिला शाखा प्रमुख पुनले जानकारी दिनु भयो ।
अपांगता हुन कस्लाई पो रहर हुन्छ र जन्म जात हुने अवस्था बाहेक अपांगता कँहा हुन्छ , कति वेला हुन्छ , कसरी हुन्छ र कस्लाई हुन्छ भन्ने कुरा परिस्थितिले सिर्जना गर्छ र अज्ञात हुन्छ । जति जति विकास हुदै गयो त्यति त्यति नयाँ नयाँ रोगको पनि सृजना हुदै गयो । विकास हुने क्रममै मानिसमा अहिले जटिल खालका रोगको आगामन हुन थाल्यो । रोग र दुर्घटनाले नत गरिब भन्छ , न त धनि नै , न त बच्चा भन्छ न त बृद्ध नै , न त जात र धर्म नै यस्ता आपत विपद जो कसैलाई जति बेला पनि हुन सक्छ । भनिन्छ अपांगता कुनै पापको फल नभै हाम्रो जीवन शैली र लाप्रावाहीका कारणले अपांगता निमत्याउने गर्छ । अपांगता आउने अवस्था तिन चरणमा हुन्छ । पहिलो अवस्था जन्म पुर्व वा भुर्ण अवस्थामा , दोश्रो जन्मने क्रममा र तेश्रो जन्म पश्चात हुने गर्छ । पछिल्लो अवस्थामा जन्म पुर्व हुने भन्दा पनि जन्म पश्चात हुने क्रम त्रिव रुपमा बृद्धि भएको विभिन्न अध्ययनले देखाएको छ । हाम्रो खाना पान र जीवन शैलीको कारण धेरै मानिसहरु मधुमेह ( सुगर), उच्च ÷कम रक्त चाप , (बल्ड प्रेसर ) बाथ रोग जस्ता रोग बाट ग्रसित भएका छन् र ध्यान नपुर्याउदा तिनै रोगले अपांगता वरण गर्न पुगेका छन् भने कतिपय बंशाणुगत रोग , र दुर्घटना वाट अपांगता हुनेको संख्या दिन प्रतिदिन बृद्धि हुदै गएको अवस्था छ ।
यदि तिन तहका सरकारले समयमा यस्ता रोग र संभावित जोखिम न्यूनिकरणका लागि बिशेष योजनाका साथ कार्यक्रम नगर्ने हो भने राज्य लाई आर्थिक भार र परिवारमा आर्थिक, सामाजिक तथा मानसिक समस्याले ग्रसित बनाउने अवस्था नअाउला भन्न सकिन्न त्यसैले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनका लागि सरकारको ध्यान जान आवश्यक छ ।









