नेपालगन्ज। सद्भावको पर्व होली घरघरमा आउँदै छ । लापरवाही नगर्नु होला । जबरजस्ती रङ्ग दल्ने काम नगर्नु होला । होईन भने होलीको नाममा कसैलाई जवरजस्ती रंग दल्नु हुने छ भने दुर्व्यवहार अन्र्तगत बाँके प्रहरीले कानुनी कारबाहीन गर्ने जनाएको छ ।
Advertisement
जवरजस्ती रंग वा अबीर दलेमा प्रहरीले कानुनी रूपमा कारवाही गर्नसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले एक सार्वजनिकरुपमै जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा होलीका नाममा कसैमाथि पनि जबरजस्ती रङ दल्ने, लोला हान्ने वा दुर्व्यवहार गर्ने कार्य भएको पाइएमा प्रहरीले कानुन अनुसार कारबाही गर्ने जनाउँदै सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाउन आग्रह गरिएको छ ।
होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल कार्य नगर्न सो सूचनामार्फत प्रहरीले सबैलाई सचेत गरेको छ ।
होली पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँका ठाउँ कारबाही गर्न मातहतलाई कडा निर्देशन दिएको छ ।









