
बर्दिया, २०८० चैत ८
कृषि तथा भुमि व्यवस्था मन्त्रि भण्डारी लाल यादवले बर्दियामा कृषि योजनाको कार्यान्वयनबारे जानकारी लिएकाछन् । बिहिबार एकिकृत कृषि तथा पशुपक्षि बिकास कार्यालय बर्दियामा पुगेर मन्त्रि यादवले योजना कार्यान्वयनबारे जानकारी लिएकाछन् । योजना कार्यान्वयबारे जानकारी लिर्दै मन्त्रि यादवले समय कम भएकाले छिटो योजना कार्यान्वयन गरी समयमा सम्पन्न गर्न निर्देशन समेत दिए । उनले भने, “समय कम छ, योजनालाई छिटो कार्यान्वयन गरी समयमै सम्पन्न गर्नु पर्छ, अनिमात्रै प्रतिफल देखिन्छ” । किसानहरुबाट आवश्यकतामा आधारित कार्यक्रमको माग बढी भएकाले मन्त्रालयबाट थप बजेत समेत बिनियोजन गरिदिने मन्त्रि यादवले जनाए । उक्त कार्यक्रम अन्र्तगत किसानहरुलाई अनुदानमा कृषि यान्त्र बितरण गर्दा निरन्तर अनुदान पाएका किसानलाई भन्दा नयाँ किसानलाई अनुदान दिनु पर्ने सुझाव समेत दिए उनले दिए । एकिकृत पशुपंक्षि बिकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले चालु आर्थिक बर्षको सबै कार्यक्रमको सुचना अबहान गरी कार्यान्वय प्रक्रियामा अगाडी बढेको बताए । प्रमुख ढकालले भने, सबै योजना समयमा सम्पन्न हुन्छ । जनशक्ति अभावका बिच पनि समयमै सबै योजनाको काम सम्पन्न गर्नतर्पm लागि परेको उनले जनाए । एकिकृत कृषि तथा पशुपक्षि बिकास कार्यालय बर्दियामा चालु आर्थिक बर्ष २०८०÷८१ मा १० करोड ८५ लाख बजेट बिनियोजन गरिएको छ । जसअन्र्तगत अहिलेसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेको प्रमुख ढकालले बताए । योजना कार्यान्वयन अनुगमनमा जनता समाजबादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष, अशोक यादव, मन्त्रिका स्वाकिय सचिव राजेन्द्र बिश्वकर्मा, कृषि तथा पशु क्षेत्रका प्रबिधिक तथा किसानहरुको सहभागिता थियो ।










