८ चैत्र बढैयाताल , बर्दियाको बढैयातालमा भुमिहिन सुकुमवासी ,दलित र अब्यवस्थित बसोवासी लाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम शुरु भएको छ ।
भुमि प्राप्तिका लागि पालिकामा परेको निवेदन लाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सम्पन्न भए पछि निस्सा वितरणको काम बुधवार वाट सुरु गरिएको हो ।

Advertisement
७ गते बुधवार वडा नम्बर २ मा , बिहिवार वडा नम्बर ७ र ८ मा निस्सा वितरणको काम सुरु भएको बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले जानकारी दिनु भयो ।
वितरणकै क्रममा बढैयाताल गाउँपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष दिल्ली प्रसाद गौतमको अध्यक्षतामा भएको निस्सा वितरण कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भुमिहिन संगिता माझी लाई निस्सा प्रदान गरि वितरणको कामको शुभारम्भ भएको छ ।
वडा कार्यालयको सभाहलमा भएको वितरण कार्यक्रममा पहिलो दिन वडा नम्बर ८ का भुमिहिन ८ जनालाई निस्सा वितरण गरिएको वडा सचिब स्वस्तिका पौडेलले जानकारी दिनु भयो ।

वर्षौ देखी जग्गा पुर्जाको पर्खाइमा बसेका भुमिहिनहरुले आज निस्सा पाउदा खुसि ब्यक्त गर्दै जग्गा पाईनेमा ढुक्क भएको प्रतिकृया दिएका छन् ।
बढैयाताल गाउँपालिका ८ मा भुमिहिन दलित १० जना , भुमिहिन सुकुम्बासी ९२ जना अब्यवस्थीतमा ३५३ जना र अपुर्णमा ७३ जना भएको पालिका उपाध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

निस्सा वितरण कार्यक्रममा भुमि सम्बन्धी सहजकर्ता ओम प्रसाद गौतमले भुमि आयोग सम्बन्धीको कानुनी ब्यवस्था , भुमि प्राप्तको लागि गरिने प्रकृया , झुटो विबरण पेश गरि जग्गा प्राप्त गरेमा हुने दण्ड जरिवाना लगाएतका बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रमका अध्यक्ष दिल्ली प्रसाद गौतमले बढैयाताल ८ मा २ वटा किक्ता मात्र खाली भएको बिगतका आयोगले वितरण गरेको जग्गा बदर नगरे सम्म वितरण गर्ने जग्गा नभएको बताउनु भयो ।

स्थानिय जनप्रतिनिधि ,सहजिकरण समितिका सदस्य , स्थानिय राजनितिक दलका प्रतिनिधि , नागरिक समाजका प्रतिनिधी , निस्सा लिनहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बढैयातालका आई.टी . अफिसर कमल खड्का थोकीले गर्नु भएको थियो ।








