बारबर्दिया नगरपालिकाको दादागिरीः गरिब किसानको बगरखेतिमा डोजर

बर्दिया । बारबर्दिया नगरपालिकाले भादा नदीमा किसानले लगाएको बगर खेतीमा डोजर लगाएको छ । तरकारी खेतीमा डोजर लगाएपछि किसानको श्रम र पसिना खेर गएको छ । स्थानीय किसानहरुका अनुसार नगरपालिकाको डोजरले करिव ५ कठ्ठा जग्गामा लगाएको बगर खेतीमा क्षति पुगेको छ । नगरपालिकाले बालुवा निकाल्ने नाममा आधा दर्जन किसानहरुको खेति नष्ट गरेको पीडित किसानले बताएका छन् ।

भत्किएको जब्दीघाट पुलको दक्षिण तर्फ गुलरीया नगरपालिका वडा न. ४ बगहीका किसानहरुले बगर खेती गरेका छन् । फल्न थालिसकेको तरबुझ लगायतका फलफुल नष्ट गरेपछि स्थानीय आक्रोसित बनेका छन् ।

Advertisement

स्थानीय रामजनीया थारु, राधिका थारु, जमुनी थारु, बसन्त थारु, लक्षमी थारु, बुधनी थारुले लगाएको फलफुल डोजरले नष्ट गरेको छ । पीडित किसान बसन्त थारुले बारबर्दिया नगरपालिकाले दादागिरी शैलीमा बगर खेतीमा डोजर लगाएको बताए । उनका अनुसार पालिका अध्यक्ष छबीलाल चौधरीले अन्य किसानको बगरखेतिमा डोजर लगाउने धम्की दिएका छन् ।

नगरपालिकाले भने भादनदीबाट बालुवा झिक्नका लागि सर्बे गर्दा बगरखेती गरिएको स्थान उपयुक्त रहेकोले त्यहीबाट बालुवा झिकेको दाबी गरेको छ । तरपालिकपीडित किसानले भने बगरखेति सुरु गर्ने क्रममा पालिकाले कुनै हस्तक्षेप नगरेको बताए । हामीले लगाएको फलफुल फल्न थालेपछि डोजर लगाइयो, बुधनीले भनिन् । उनले ऋण लिएर बगरखेति गरेको गुनासो गरिन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु