नेपालगन्ज २१ विर्तामा पुर्बवडाध्यक्षको नातीको हत्या

नेपालगन्ज । पूर्व वडाअध्यक्ष रन्जित खाँका नाती अरबी खाँको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । आइतवार विहान १० बजेतिर शव बारे प्रहरीले जानकारी पाएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा शव फेला परेपछि हत्या अंशाका प्रहरीले अनुसान्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले घाटीमा हतियार प्रहार गरेर खाँको हत्या गरिएको हुनसक्ने बताए ।

Advertisement

शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा लगिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु