पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु, ९ जना बिरामी

पाल्पा — पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको गाउँपालिका वडा नम्बर ६ का सचिव तथा स्थानीय हुमबहादुर कुँवरले जानकारी दिएका छन् ।

उनको शुक्रबार घरमै निधन भएको हो । पट्वाचौरका टिकाराम बुढाथोकीको परिवारका सबैलाई झाडापखाला भएको थियो । उनको श्रीमती, दुई छोरी, तीन छोरालाई झाडापखाला भएको थियो । ५ जनालाई मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो भने दुई जना उपचारपछि घर फर्केका छन् । गाउँकै पदमबहादुर जोगी कुँवरको घरमा दुई जना र सीता कुँवरलाई पनि झाडापखाला भएको वडा सचिव कुँवरले बताए ।

Advertisement

सीताको लुम्बिनी मेडिकल कलेज प्रभास र पदमबहादुरको परिवारलाई मिसन अस्पतालमा उपचार गरिएको छ । जुठापौवा स्वास्थ्य चौकीका प्रमुख ऋषभ पाण्डेयको टोलीले गाउँमा पुगेर झाडापखाला फैलिनुको कारण खोजी गरेको र उपचारमा सघाएको छ । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु