नाउपाका गण्डकी र वाग्मती प्रदेश अध्यक्ष निष्कासितपछि विवाद उत्कर्षमा

 

धनगढी — नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद चुलिएको बेला अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।

Advertisement

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी बिज्ञप्तीमा उल्लेख छ ।

सुदूरपश्चिममा कुन समीकरणमा सामेल हुने भन्नेमा रेशम र रञ्जिताबीच फरक मत उत्पन्न भएपछि यतिबेला नागरिक उन्मुक्ति गम्भीर विवादमा फसेको छ । अध्यक्ष रञ्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारै पक्षमा छन् ।

त्यही कारण पार्टीभित्र विवाद गहिरिएर सोमबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु