बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीमा रहेको कुखुरा र बाख्रा फार्ममा आगलागी भएको छ । बुधबार बिहान करिब साढे दुई बजे आगलागि भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालका अनुसार वीरमान भण्डारीको खोरमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन । स्थानीयवासी,प्रहरी र दमकलको सहयोगमा बिहान ५ बजे आगो निभाइएको छ ।









