लुम्बिनी प्रदेश सभाको बैठक बिहीबारका लागि आव्हान

 

देउखुरी (दाङ) —लुम्बिनीका प्रदेश सभाको चौंथो अधिवेशन बिहीवार दिउँसो ४ बजे बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाको बैठक आव्हान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले बताए ।

Advertisement
  • केन्द्रमा गठबन्धन परिवर्तन भएर माओवादीले फागुन समर्थन फिर्ता गरेका थिए । अल्पमतमा परेपछि चौधरीले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलाएर चैत ४ गते अन्त्य गरिदिएका थिए ।

संविधानअनुसार मुख्यमन्त्री चौधरीले अल्पमतमा परेको ३० दिन अर्थात् २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्ने कानूनी व्यवस्था छ । ‍विश्वासको मत प्रयोजनका लागि मुख्यमन्त्री चौधरीले मंगलबारको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गर्ने निर्णय गरेका थिए ।

स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो ४ बजे प्रदेशसभा बैठकमा आफ्नो पक्षमा बहुमत विश्वासको मत लिने र नपुगे सम्बोधन गरेर राजीनामा दिने तयारीमा छन् । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु