धनगढी । दार्चुलाको शैल्यशिखर ९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका(७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।









