लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्न जसपाको निर्णय, सरकार ढल्ने निश्चित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेपछि डिल्ली चौधरी नेतृत्वको सरकार ढल्ने निश्चित भइको छ ।

बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु