पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ ।
Advertisement
तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रयोग हुँदा सख्त घाइते भएका खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । स्थानीय महिला नाचिरहेका बेला युवाहरुबीच सामान्य झगडा भएको स्थानीयले बताए । प्रहरीले हत्या आरोपमा ४ युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।









