
२२ चैत्र गुलरिया, बर्दियाको गुलरियामा अपांगता अधिकार सम्बन्धी सशक्तिकरण तथा अभिमुखिकरण गरिएको छ ।
Advertisement
लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय नेपालगंज बाकेको आयोजनामा तथा बर्दिया अपांग पुनस्र्थापना केन्द्र बर्दियाको समन्वयमा अभिमुखिकरण गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कार्यालय गुलरियाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शिला शाहले ब्यानर वाचन गरेर उद्धघाटन गर्नु भएको कार्यक्रमको सहजिकरण बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटा र महासचिब दलबहादुर सुनारले सहजिकरण गर्नु भएको थियो ।
सहजकर्ता सापकोटाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ अनुसारको अपांगताको परिभाषा , प्रकार र गाम्भिर्यताको आधारमा गरिको वर्गिकरणको बारेमा सहजिकरण गर्नु भएको थियो ।
त्यसै गरि अर्का सहजकर्ता सुनारले अपांगता भएका ब्यक्तिहरुको लागि लागि नेपालको संबिधान २०७२मा भएका ब्यबस्था , नीति तथा कानुनमा भएकाे ब्यबस्था , राज्यद्धारा प्रद्धत अधिकार ,अपांगता अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली ७७ मा भएका प्रावधानको बारेमा र बर्दिया जिल्ला र ८ वटा पालिकामा अपांगता भएका ब्यक्तिहरुको जनसख्या , अपांगता भएका ब्यक्तिले भोग्नु परेका समस्या , सवाल लगाएतका बारेमा सहजिकरण गर्नु भएको हो ।

मधुवन नगरपालिका , बारबर्दिया नगरपालिका , गरेरुवा गाउँपालिका गुलरिया नगरपालिका बांसगढी नगरपालिका र बढैयाताल गाउँपालिका वाट ५० जना भन्दा धेरैको उपस्तिथी रहेका कार्यक्रमका सहभागिहरुले भने संघिएता आएपछि त झन लक्षित वर्गका कार्यक्रम पनि हराउदै गएको अवस्था छ । स्थानिय सरकार अपांगताको सवालमा उदासिन देखिएको बताउदै रातो र निलो परिचय पत्रले सामाजिक सुरक्षा भक्ता पाउने ब्यबस्था छ तर अन्य वर्गको परिचपत्र वालाले राज्यको कुनै पनि सुविधा पाउन नसकेको अनुभब सुनाए । स्थानिय सरकारले कतिपय पालिका अपांगताको लागि बजेट नछुट्याउने र छुट्याए पनि न्युन बजेट विनियोजन गर्ने त्यो पनि आन्तरीक बजेटमा राख्ने गरेको सहभागिले गुनासो गरे ।
उद्धघाटन शत्रको सञ्चालन सामाजिक विकास डिभिजन कार्यालय नेपालगंजका विजय शर्माले गर्नु भएको थियो भने स्वागत मन्तब्य बर्दिया अपांग पुनस्र्थापना केन्द्रका चिन्तामणी कडेलले गर्नु भएको जनाएको छ ।

डिभिजनका कार्यालय प्रमुख उद्धब प्रसाद श्रेष्ठको अध्यक्षतामाा भएको कार्यक्रममा महिला शाखा गुलरियाका प्रमुख शिला शाह , अपांगता संजाल बारबर्दियाका ओमशर्मा काफ्ले लगाएतले बोल्नु भएको सामाजिक डिभिजनका प्राबिधीक साहायक खुसिराम चौधरीले जानकारी दिनु भयो ।









