२४ चैत्र बढैयाताल , दलितका दललित अभियानका राष्ट्रिय संयोजक खगेन्द्र सुनारले दलितका लागि दलित अभियान कुनै पनि पार्टीको पक्ष र बिपक्षको विरुद्ध नभएको बताएका छन् ।
Advertisement
दलतिका लागि दलित अभियान बढैयातालले शुक्रवार आयोजना गरेको दलित आन्दोलनको वर्तमान अवस्था र आगामी रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि सुनारले सो कुरा बताएका हुन् ।
२०८० साल बैसाख १ गते वाट शुरु भएको अभियानको आवाश्यक्ता र औचित्यको बारेमा प्रस्ट पार्दै हामी दलितका पक्षमा उभिएका हौ यो अभियान कुनै पार्टीको पक्ष र विपक्षको विरुद्ध नभएको बताउदै उनले भने गैर दलितको घाटी रेटेर दलित मात्र बस्न पाउनु पर्छ भन्ने उग्रपन्थीको जस्तो आन्दोन नभएको बताए । उनले भने हाम्रो अभियान शान्ति र सामाजिक सद्भाब सहति सामाजिक न्याय , समनता र आत्मसम्मानको लागि हो ।
परिवर्तनका लागि देशमा भएका ठुला ठुला आन्दोलनका क्रममा कुनै पनि पार्टीमा आस्था राख्ने दलित समुदायको त्याग , तपस्या ,योगदान र बलिदानमा कमि नभएको उनले बताए । यदि ईतिहासमा बलिदान वरावरी थियो भने अवसरमा पनि बरावर हुनु पर्नेमा जोड दिदै संयोजक सुनारले भने आज अवसर वाट दलित लाई किन वञ्चित गरिएको छ भन्ने सवालमा युवा पुस्ता प्रश्न गर्न तयार किन नहुने भन्दै संबिधानमा लेखिएका कुरा र देखेका कुरा पाउनु पर्छ र दिनु पर्छ भन्ने हाम्रो माग रहेको उनसले बताए ।
सरकार र समाजको ब्यवहार २१ औ सताब्दीमा पनि बिभेदकारी भएको भन्दै अन्याय अत्याचार र हिंसाको सिकार बनेर न्यायका खातिर पर्खेर वसेका ६० लाख भन्दा धेरै दलित समुदायको अवस्था र राज्यको बिभेदकाकरी ब्यवस्था परिवर्तनका लागि अभियान थालेको उनले बताए ।
समानुपातिक समाबेशी सिद्धान्तको आधारमा आर्थिक सामाजिक र राजनैतिक लगाएतका अधिकार वाट दलित समुदायहरु अझै पनि वञ्चित हुन बाध्य भएको अवस्था रहेको बताउदै नवराज बि.क.को हत्यापछि शुरु भएको अभियानले दलित समुदाय माथि भएको अन्याय अत्याचारका विरुद्ध देश भरका दलित समुदाय लाई एकताकामा जोड्न संदेश दिदै हिडेको अभियानका संयोजक खगेन्द्र सुनारले बताए ।
आफ्नो लागि आफै भन्ने संदेशका साथ बर्दियाका मैनापोखरमा भएको दलित अधिकारका वर्तमान र आगामी रणनीति कार्यक्रममा दलितका लागि दलित अभियान बढैयाताल कुशल नेतृत्व एवं बौद्धिक ब्यक्तित्व भगत नेपाललीले समग्र बढैयाताका दलित समुदायको आर्थिक , सामाजिक , राजनैतिक लगाएतका अवस्थाको बारेमा बताउदै यो अभियानको महत्व र आवश्यक्ताको वारेमा जानकारी गराउदै जुन सुुकै पार्टीमा आस्था राखेका दलित अधिकारर्मी तथा अगुवा अव यो अभियान लाई सफल पार्न पार्टीको हित भन्दा जातिको हितको लागि एक भएर लाग्नु पर्नेमा जोड दिए ।
दलितका लागि दलित अभियान बढैयातालका संयोजक टिकाराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा दलितका लागि दलित अभियान बर्दियाका संयोजक भिमलाल बिश्वकर्मा दलित एकताकाे बारेमा बाेल्दै पार्टी भन्दा माथी उठ्नु पर्नेमा जाेड दिए ।
नागरिक समाज बर्दियाकी संयोजक हिमा सुनार , दलित समुदायका बौद्धिक ब्यक्तित्व तथा शिक्षक कबिराम सुनार , कार्यपालिका सदस्य बढैयातालकी चन्द्रा बि.क. , बढैयाताल वढैयाताल वडा नम्बर २ का निवर्तमान अध्यक्ष काजिमान सुनार लगाएतले यो अभियान लाई सार्थक बनाउन सबै पार्टीमा आस्था राख्ने दलित समुदायका अगुवाहरु दलित समुदायको अधिकारका लागि पार्टी भन्दा जाति लाई प्राथमिकतामा राखेर संगठितल हुनु पर्नेमा जोड दिएका थिए ।
अभियान्ता कृष्ण बि.क.ले स्वागत गरेको कार्यक्रमका सहभागि नर वहादुर सुनार , गोपाल बि.क. , यमुना बि.क. लगाएतले बढैयाताल गाउँपालिका २०७५ सालमा छुवाछुत मुक्त पालिका घोषणा भएता पनि यो वा त्यो वाहानामा समाजमा छुवा छुतको बिभेद कायम रहेको र अपमानित हुनु परेको अनुभब सुनाउदै गाउँ वस्तिमा गागरण अभियान चलाउनु पर्नेमा जोड दिए ।
अभियान्ता कृष्ण बि.क.ले स्वागत गरेको कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका वर्तमान तथा निवर्तमान निर्वाचित जन प्रतिनिधि, विभिन्न पार्टीका दलित प्रतिनिधी , गैस सरकारी संघ संस्थाका दलित अधिकारर्मी , वडा स्तरीय तथा पालिका स्तरिय दलित संजालका प्रतिनिधि, महिला तथा पुरुष गरि करिब डेढ सय भन्दा धेरैको ,उपस्तिथि रहेको अभियान्ता गुमबहादुर परियारले जानकारी दिए ।