गुलरियाबाट साढे नौ किलो गाँजासहित एक व्यक्ति पक्राउ

 

बर्दिया/ ईकान्तिपुर—गुलरिया नगरपालिका–७ स्थित घरबाटगाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले बताए ।

गोडियाको घरबाट तराजु एक थान,एक किलोको ढक, एक पाउ ढुंगासहित बरामद गरी गोडियालाई नियन्त्रणमा लिएको उनले जनाए । घरमा एक्लै बस्दै आएका गोडियाको श्रीमती बितेपछि छोराहरु छुट्टिएर बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु