पाल्पाको तीज कार्यक्रममा झडप, एक युवकको मृत्यु

 

 

Advertisement

१ असोज, बुटवल । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ ।

प्रहरीका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु