पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धी मिडिया लाई ब्रिफिङ

२७ चैत्र नेपालगंज पशु कल्याण मापदण्ड कार्यान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको छ ।


कृषि तथा भुमि ब्यबस्थापन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रमा डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्याान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको हो ।

Advertisement

ब्रिफिङ कार्यक्रममा स्नेहाज केयर नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठ , नेपाल फार्मर्स एडभाइजरी काउन्सील प्रा.ली.का प्रवन्ध निर्देशक डा. विमल कुमार निर्मल द्धरा हस्ताक्षरित विज्ञप्तीको बारेमा जानकारी गराईएको थियो ।


स्नेहाज केयर नेपालकी अध्यक्ष श्रेष्ठले बिज्ञप्तिको बारेमा ब्रिफिङ गर्दै पशुहरु प्रति हुने चरम कुरता कम गरी पशु कल्याणको अवस्थामा ृउल्लेख्य सुधार हुन आवश्यक भएकोले लुम्बिनी प्रदेश सरकार , कृषि तथा भुमि ब्यबस्थापन मन्त्रालयले लुम्बिनी प्रदेशमा ब्यवायिक पशुपालन फार्महरुले अवलम्बन गर्नु पर्ने गाई भैसी कल्याण सम्बन्धी मापदण्ड २०८० जारी गरेको बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकार , कृषि तथा भमि ब्यबस्थापन मन्त्रालयले जारी गरेको लुम्बिनी प्रदेशमा ब्यबसायिक पशुपालन फर्महरुले अवलम्बन गर्नु गाईभैसी कल्याण सम्बन्धी मापदण्ड २०८० को कार्यान्वयनका सन्दर्भमा भोक , प्यास र कुपोषण हुन नदिने , डर त्रास तथा तनाब हुन नदिने , भौतिक र शति तथा तापजन्य असुबिधा हुन नदने , पिडा , चोटपटक र रोगब्याधि बाट सुरक्षित राख्ने , सामान्य प्राकृतिक ब्यवहार अभिब्यक्त गरी बाँच्न पउने स्वतन्त्रतालाई मापदण्डमा सम्बोधन गरेको ब्यवस्थालाई संचार माध्यमले प्रचार प्रशार गर्नु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनु भयो ।

 

आवाज विहिन पशुपंक्षिहरुको उपचार , उद्धा संचालन र तथा पुनस्र्थापनाका लागि विभिन्न गतिबिधिहका साथै सामुदायिक कुकुरहरुको जनसंख्या नियन्त्रणका लागि बन्याकरण कार्यक्रम संचालन , रेविज रोग उन्मुलनका लागि बृहत्तर रेविज विरुद्धको खोप कार्यक्रम संचालन , वेवारिसे गाई, बाच्छाहरुको उद्धार , उपचार तथा पुनस्र्थापना लगाएत लागि पशु कल्याण तथा मानवता सम्बन्धी सचेतना तथा ज्ञानमुलक शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको बताउनु भयो ।
स्नेहाज केयर नेपाल र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल प्रा.लि.को संयोजनमा भएको कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व सचिब डा. विमल कुमार निर्मलले कार्यक्रमको उद्देश्य र पत्रकारहरुले राखेको जिज्ञासाका बारेमा प्रकास पार्नु भएको थियो ।


कृषि तथा भुमि ब्यबस्थापन मन्त्रालय लुम्बिनी प्रदेशका निर्देशक डा. प्रवेश सिंह कुवाराको अध्यक्षतामा भएको कार्यक्रममा पशु सेवा कार्यालय कपिल वस्तुका प्रमुख डा. परवेज आलम , डा. हरि नारायण थारुको आतिथ्य रहेका पशु सेवा कार्यालय नेपालगंजका प्रमुख कमला अधिकारीले जानकारी दिनु भयो ।

पशुसेवा कार्यालय नेपालगंजको सभाहलमा सोमवार भएको मिडिया ब्रिफिङ कार्यक्रममा बाके बर्दियाका १८ जना पत्राकारहरुको सहभागिता रहेको कार्यक्रमको संचालन नेपाल फार्मर्स एडभाइजरी काउन्सिल प्रा.लि.का डा. नारायण श्रेष्ठले गर्नु भएको थियो ।

स्नेहाज केयर नेपालले आज मंगलवार पशु सेवा कार्यालय नेपालगंजमा डेरि फार्म किसान र सरोकारवालाहरु संग एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको पशु सेवाकार्यालय नेपालगंजका निरा थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु