घोडाघोडी १० थेबरकामा दिदीबहिनी मृत भेटिए

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलामा मृत भेटिएका छन् ।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु