Advertisement
काठमाडौं । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुसमा प्रहरीले पानीको फोहोरा हानेको छ । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको हो। प्रहरीले बल प्रयोग गरेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको छ । यद्यपि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा र इँटा हानाहान भएको छ । केहीलाई प्रहरीले लाठी प्रहार गरेको छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो । यसलाई राप्रपाको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।








