
२७ चैत्र / बर्दियाको बढैयाताल गाउँपालिकामा नमुना युवा सांसद गाउँ सभाको आज उद्धघाटन भएको छ ।

बढैयाताल गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा नमुना यूवा सांसद (गाउँ सभा) प्रशिक्षण तथा अभ्यास सम्बन्धी ४ दिने कार्यक्रमको मंगलवार लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर चौधरीले उद्धघाटन गर्नु भएको हो ।
Advertisement
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले कार्यक्रमको उद्धघाटन गर्दै ज्ञान विना कुनैपनि क्षेत्रमा सफलता नहुने बताउनु भयो । ब्यबस्थापिका सांसद संचालने प्रकृयाको अनुभब सुनाउदै प्रदेश सदस्य चौधरीले देश चलाउने जिम्मेवारी अव यूवा पुस्तामा आउने भएकोले युवा पुस्ता सक्षम हुनु पर्नेमा जोड दिनु भयो ।

यहि चैत्र २७ देखि ३० गते सम्म सञ्चालन हुने कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै सहजकर्ता प्रकास उपाध्यायले यो प्रशिक्षण कार्यक्रमा गाउँ सभा सञ्चालन बिधि प्रकृयाको बारेमा जानकार हुने युवाको भुमिकाको महत्व, तोकेको समयमा कसरी बोल्ने , बिषय वस्तुको छनोट , युवाको सवाल लगाएतका बारेमा सहभागिहरुले जानकारी पाउने सहजकर्ता उपाध्यायले बताउनु भयो ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कार्यपालिका सदस्य चन्द्रा बि.क. र वडा न.६ का अध्यक्ष शुक्रराज सापकोटाले प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरु लाई ब्यबहारमा उतार्नु पर्नेमा जोड दिनु भयाे ।

बढैयाता गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका यूवा , महिला शाखा, शिक्षा शाखाका कर्मचारी , पत्राकार लगाएतकोे सहभागिता रहेको कार्यक्रममा बाल क्लब बाकेका सचिब , राष्ट्रिय किशोरी सञ्जालकी सह सचिब तथा उत्प्रेरक रहिमत जाँ खानले आफ्नो क्षमता र ब्यबहारले समाजमा चिनाउने हुदा यस्तो कार्यक्रममा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिनु ।

नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय , राष्ट्रिय युवा परिषदको सहयोगमा मैनापोखरको सुनगाभा होटलमा भएको प्रशिक्षण कार्यक्रमकाे सञ्चालन भएकोे बढैयातालका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले गर्नु भएकाे थियाे ।

शिक्षा युवा तथा खेलकुद शाखा कार्यालय बढैयातलका प्राबिधिक सहायक धन बहादुर थापाले कार्यक्रममा स्वागत गर्नु भएको जनाएको छ ।









