धनगढी । पार्टी भित्र आन्तरिक विवाद चर्किरहेका बेला सुदुरपश्चिम प्रदेश सरकार गठनका बारेमा रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरेका छन् ।
अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारबाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल भएको हो ।
Advertisement
प्रदेशका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा कारबाहीमा परेकी इन्दिरा गिरीसहितका सबै प्रदेश सभा सदस्य सहभागी छन् ।
नाउपाका एक नेता सुदूरपश्चिम प्रदेश सरकारको बारेमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताएका छन् ।









