पोखरा जाँदै गरेको ट्याक्सी दुर्घटनाः सात जना घाइते

अर्घाखाँची । प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी पाणिनी गाउँपालिकामा दुर्घटना भएको छ ।

घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना हुदाँ दुई बालबालिकासहित सात जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।

Advertisement

घाइतेको जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु