काठमाडौँ — नेकपा एमालेकी सांसद बिमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
Advertisement
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी बिमला घिमिरे निर्वाचित
बहुमत सदस्यहरुले घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गर्न समर्थन जनाएपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको उपाध्यक्षमा एमाले सांसद घिमिरे निर्वाचित भएको घोषणा गरे । ईकान्तिपुर ।








